बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयुर्वेदिक औषधी करबारे अहिले छलफल गर्नु उचित छैन : सूर्य थापा

बुधबार, ११ असार २०८२, १३ : ३९
बुधबार, ११ असार २०८२

सारांश

  • सांसद सूर्यबहादुर थापाले ग्याविन वायर र आयुर्वेदिक औषधीमा भ्याट लगायतको विषयमा अहिले छलफल गर्नु उचित नभएको बताए।
  • उनले आर्थिक विधेयकमा संशोधन प्रस्तावमा ध्यान दिनुपर्ने र अहिले उत्पादक संघसँग छलफल गर्ने बेला नभएको बताए।
  • थापाले बजेटपछि दर्ता भएका विधेयकहरू पारित हुनुअघि अर्थ समितिको क्षेत्राधिकारभित्र नपर्ने र अर्थमन्त्रीको अनुपस्थितिमा छलफल अनुचित हुने बताए।

काठमाडौँ । सांसद सूर्यबहादुर थापाले  ग्याविन वायर र आयुर्वेदिक औषधीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगायतको विषयमा अहिले छलफल गर्नु उचित नभएको बताएका छन् । उनले बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । 

‘यो छलफल के के नमिले जस्तो लाग्यो। आर्थिक विधेयकमा संशोधन प्रस्तावका लागि हिजो हाउसले निर्णय गरेको छ। सांसदहरूको ध्यान त्यता जानुपर्ने हो, ७२ घण्टाको समयचाहिँ त्यता लाग्नुपर्ने हो,’ उनले भने, ‘अहिले हामीले उत्पादक सङ्घ वा अरू अरूसँग छलफल गर्ने बेला हो कि होइन ?’ 

आर्थिक विधेयकमा करका दरहरू प्रस्तावित भैसकेको हुँदा  प्रतिनिधिसभामा विचाराधीन रहेको र १४ गते आर्थिक विधेयकमा संशोधनहरू माथि छलफलको निर्धारित कार्यसूची रहेकाले अहिले छलफल गर्न उचित नरहेको उनले बताए ।  ‘जतिसुकै राम्रो कुरा पनि सही समयमा छलफल गरिएन भने सही कुरा सही ढङ्गले उठाएको अनुभूति हुन्न। यो खालको प्रचलनचाहिँ हामीकहाँ थिएन है समितिमा।’

बजेटपछि दर्ता भएका विधेयकहरू  पारित हुनुभन्दा अगाडि यो अर्थ समितिको क्षेत्राधिकार भित्रको विषय नभएको र    छलफल उचित नभएको उनले बताए । अर्थमन्त्रीको उपस्थिति बिना छलफल अनुचित भएको समेत थापाले बताए । 

‘विधेयकमा प्रस्तावित करको दरका बारेमा अर्थमन्त्री बेगर छलफल गरेका छौँ भने यो अनुचित हो। अथोरिटीका हिसाबले लैजाने अर्थमन्त्रीज्यू हुनुहुन्छ। यहाँ राजश्व सचिवज्यूले वा भन्सारका अथवा अरू विभागका डीजीहरुले त्यसमा के डिफेन्ड गर्नुहुन्छ, के जवाफ दिनुहुन्छ ? त्यसो भएर यो चाहिँ मिलेन है तरिका। यो नमिलेको तरिकालाई सच्याउनुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप