एमालेमा ७० वर्षे उमेर हदबारे विधान महाधिवेशनले निर्णय गर्ने
बुधबार, ११ असार २०८२, १८ : २६
काठमाडौँ । नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनबाट लगाएको ७० वर्षे उमेर हद स्थगनको विषय आगामी भदौ महिनामा हुने विधान महाधिवेशनमा निर्णयार्थ पेस हुने भएको छ ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘उमेर हदको विषय १० औँ महाधिवेशनले व्यवस्था गरेको जानकारी नै छ । पछि केन्द्रीय समितिबाट स्थगन गरेको पनि सबैलाई जानकारी छ । अब यो प्रस्ताव विधान महाधिवेशनमा निर्णयार्थ पेस हुन्छ विधान महाधिवेशनले जे निर्णय गर्छ सोही अनुसार विधान बन्छ ।’
उनले उमेर हदबारे आवश्यक निर्णय विधान महाधिवेशनले गर्ने भएकाले यो विषयलाई लिएर धेरै अनुमान गर्नुपर्ने आवश्यकता नरहेको बताए ।साथै उनले यसलाई सिद्धान्तको विषय बनाउनु उचित नहुने भन्दै प्राविधिक विषय भएकाले आवश्यकता र औचित्यताका आधारमा निर्णय हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण