बारामा चरेससहित एक जना पक्राउ
बारा । बारा प्रहरीले लागु औषध चरेससहित एक जनलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ स्थायी घर भई हाल बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकी रहेका छन् ।
प्रहरीका अनुसार आज साँझ प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले नारायणघाटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुवाहक बस पथलैया चोकमा रोकी जाँच गरेको थियो ।
चेकजाँचका क्रममा कालो झोला बोकी बसेका बुढाथोकीको साथबाट १ किलो ९३३ ग्राम लागु औषध चरेस बरामद गरिएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
प्रहरीले उनको साथबाट नेपाली ६० हजार ५ सय र भारतीय रुपैयाँ ३९ हजार २१७ गरी कुल नेपाली १ लाख २३ हजार २४७ रुपैयाँ नगद समेत बरामद गरेको छ ।
पक्राउ परेका बुढाथोकीलाई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण