फिफा विश्वकप २०२६
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
आइतबार, ०७ असार २०८३, १० : १९
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा जापानले ट्युनिसियाविरुद्ध २-० को अग्रता लिएको छ।
- खेलको ३१औं मिनेटमा ए उएदाले गोल गर्दै जापानको अग्रता दोब्बर बनाए।
- यसअघि चौथो मिनेटमा दाइची कामाडाले पहिलो गोल गरेका थिए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को ट्युनिसिया र जापानबिचको खेलमा जापानले अग्रता दोब्बर बनाएको छ।
खेलको ३१औं मिनेटमा जापानका ए उएदाले गोल गर्दै टोलीलाई २–० को मजबुत अग्रता दिलाएका छन्।
यसअघि खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। त्यसपछि पनि जापान आक्रामक देखिँदै ट्युनिसियामाथि लगातार दबाब सिर्जना गरिरहेको छ।

ट्युनिसियाका लागि यो खेल अत्यन्तै कठिन बन्दै गएको छ, किनकि हारले समूह चरणबाटै बाहिरिने खतरा बढाउनेछ। उता जापान भने जिततर्फ उन्मुख हुँदै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाइरहेको छ।
खेल अझै जारी छ र दोस्रो हाफअघि ट्युनिसियाले पुनः खेलमा फर्किने प्रयास गर्ने अपेक्षा गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण