नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान, दीप श्रेष्ठलाई दीर्घ साधना सम्मान
सारांश
- नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले वरिष्ठ गायक दीप श्रेष्ठसहित नौ स्रष्टालाई सम्मान गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभयो, जसले स्रष्टाहरूको साधनाको कदर गर्यो।
- कार्यक्रममा संस्कृति मन्त्री र प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीहरूले कला र संस्कृतिको महत्वबारे चर्चा गरे।
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट वरिष्ठ गायक दीप श्रेष्ठलाई 'नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मान-२०८१' र अरू आठ जना वरिष्ठ स्रष्टालाई 'नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार-२०८१' ले सम्मानित गरेको छ ।
बुधबार दिउँसो राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रम आयोजना गरी सम्मान प्रदान गरिएको हो ।
राष्ट्रपति पौडेलले वरिष्ठ स्रष्टालाई पुरस्कार समर्पण गर्ने क्रममा प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदान गरिएको सम्मान स्रष्टाहरूको दीर्घकालीन साधना, समर्पण र सिर्जनशीलताको प्रतीक भएको बताए । सङ्गीत र कला केवल मनोरञ्जनको माध्यम मात्र नभएर चेतना र संस्कारबाहक भएको र सङ्गीत र नाट्यको माध्यमबाट संवेदनाको उजागर हुने, विचार सुसंस्कृत हुने र समाजलाई सकारात्मक रुपान्तरणको बाटोमा अग्रसर गराउने राष्ट्रपतिले विचार राखे ।
नेपाल जातजाति र सामुदायिक विविधताले सम्पन्न भएकाले सांस्कृतिक र नाट्य रूपमा विश्व चिन्तनको एक केन्द्र बन्नेगरी राज्य अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
समारोहका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत स्रष्टाहरूलाई बधाई र शुभकामना दिँदै पुरस्कारले पुरस्कृत स्रष्टाहरूको विगतको योगदान सम्मान गर्दै थप विकास र प्रगतिका लागि प्रेरित गर्ने र नयाँ पुस्तालाई सङ्गीत र नाट्यआदि अभौतिक संस्कृति हस्तान्तरण गर्दै प्रोत्साहित गर्ने पनि बताए ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले विविधतापूर्ण एकता नै नेपाली समाजको विशेषता भएकोले त्यसलाई सुदृढ गर्न र राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन संस्कृतिकर्मीको ठुलो भूमिका हुने बताए ।
कला-संस्कृतिका संवाहक कलाकर्मीलाई प्रोत्साहित गर्नु, दीर्घ साधक र श्रष्टाका योगदानलाई कदर गर्नु राज्यको दायित्त्व महसुस गरी प्रज्ञा-प्रतिष्ठानले २०७१ सालबाट स्रष्टाहरूलाई पुरस्कृत गर्ने परम्परा सुरु गरेको उनले स्मरण गराए । कुलपति शर्माले यसअघि ६ विधामा ६ जना स्रष्टालाई पुरस्कृत गर्दै आएकोमा यसै वर्षदेखि वाद्य वादन विधा र खोज अनुसन्धान विधामा एक-एक जना र सङ्गीत र नाट्य विधामा आजीवन योगदान दिने एक वरिष्ठ स्रष्टालाई ुनेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मानु प्रदान गर्न थालिएको पनि स्पष्ट पारे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै प्रज्ञा(प्रतिष्ठानका उपकुलपति शम्भु राईले कलाकारको निरन्तर साधना र सृजनाले नै कलालाई जीवन्त बनाउने भएकोले कलाकारलाई सम्मान आवश्यक भएको बताए ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार-२०८१ बाट सङ्गीत विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तान, रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा वरिष्ठ सङ्गीतज्ञ कुशेश्वरप्रसाद राई, लोकसङ्गीत विधातर्फ वरिष्ठ लोकगायक नारायण रायमाझी, नाट्यविधामा वरिष्ठ नाटककार वेदकुमारी न्यौपाने, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक भूवनदास श्रेष्ठ, खोज अनुसन्धान विधामा कृष्णप्रसाद पौडेल 'नृत्यानन्द' र वाद्यवादन विधातर्फ वरिष्ठ तबलावादक राजु अग्रवाल सम्मानित भए ।
राष्ट्रिय प्रज्ञा-पुरस्कारको राशि एक लाख एक रुपैयाँ र ताम्रपत्र तथा दीर्घ साधना सम्मानको दुई लाख एक रुपैयाँ र ताम्रपत्र रहेको पुरस्कार समर्पण समारोहका सहजकर्ता प्रज्ञा-प्रतपष्ठानका सदस्यसचिव कुश्मा महरा 'प्रगति' ले जानकारी दिइन् ।
कार्यक्रममा पुरस्कृत स्रष्टाका ताम्रपत्र प्राज्ञ परिषद् सदस्य र प्राज्ञसभा सदस्यबाट वाचन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण