सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
इरान इजरायल तनाव

इरानमै इजरायली कमाण्डोले गोप्य अपरेशन गरेको इजरायली सेना प्रमुखको खुलासा

बिहीबार, १२ असार २०८२, ०१ : २८
बिहीबार, १२ असार २०८२

सारांश

  • इजरायली सेनाका प्रमुखले इरान-इजरायल तनावमा इजरायली कमाण्डोहरूले इरानको भूमिमा गोप्य अभियान चलाएको खुलासा गरे।
  • उनका अनुसार, भूमिगत कमाण्डोले शत्रु मुलुकमा पुगेर गोप्य रूपमा काम गरी इजरायली सेनाका लागि रणनीतिक स्वतन्त्रता सिर्जना गरे।
  • बीबीसीका अनुसार, १२ दिनसम्म चलेको भिडन्तमा मोसादले अपरेशनको भिडियो सार्वजनिक गरेपछि पहिलो पटक कमाण्डो परिचालन स्वीकारियो।

काठमाडौँ।  इजरायली सेनाका प्रमुख ईयाल ज़मिरले इजरायली कमाण्डोहरूले हालैको इरान–इजरायल तनावका क्रममा इरानको भूमिमा प्रवेश गरी गोप्य अभियान सञ्चालन गरेको खुलासा गरेका छन्।

एक भिडियो सन्देशमार्फत उनले भने, ‘इजरायलले इरानमाथि हवाई नियन्त्रण हासिल गरेको छ, र यो सम्भव हुनमा भूमिगत कमाण्डोहरूको ठूलो योगदान छ।’

उनका अनुसार, ‘भूमिगत कमाण्डोले शत्रु मुलुकको गहिराइसम्म पुगेर गोप्य ढङ्गले काम गरे र इजरायली सेनाका लागि रणनीतिक स्वतन्त्रता सिर्जना गरे।’

१२ दिनसम्म चलेको इरान–इजरायल भिडन्तको समयमा इजरायलको गुप्तचर संस्था मोसादले अपरेशनको भिडियो फुटेज सार्वजनिक गरे पनि, इजरायली सुरक्षा अधिकारीहरूले औपचारिक रूपमा पहिलो पटक कमाण्डोहरू इरानमा परिचालित भएको कुरा स्वीकार गरेको बीबीसीले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप