जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु
सारांश
- जनकपुरधाममा बिहीबारदेखि मुख्यमन्त्री अन्तर-प्रदेश कबड्डी प्रतियोगिता सुरु भएको छ। मधेस प्रदेश सरकारको सहयोगमा प्रतियोगिता शनिबारसम्म चल्नेछ।
- प्रतियोगितामा सातै प्रदेशका टोलीको सहभागिता रहनेछ, जसमा प्रत्येक प्रदेशबाट १२ खेलाडी सहभागी छन्।
- मधेस प्रदेश सरकारले प्रतियोगिताका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ र विजेतालाई नगद पुरस्कार प्रदान गरिनेछ।
धनुषा । जनकपुरधाममा आज (बिहीबार) ‘देखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता’ सुरु भएको छ। मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा आयोजना गरिएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ।
मधेस प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने जानकारी दिएका थिए। उनका अनुसार प्रत्येक प्रदेशबाट १२ जना खेलाडी सहभागी छन्।
सदस्यसचिव कानुले कबड्डीलाई मधेसको मौलिकता झल्काउने परम्परागत खेलको रूपमा चिनाउँदै यस प्रतियोगिताको महत्त्व उच्च रहेको बताए। ‘मधेस सुगम भूगोलमा पर्दछ, यहाँ खेलकुदलाई समेटेर अघि बढाउन सकेमा राष्ट्रकै सम्पत्तिका रूपमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ,’ उनले भने।
प्रतियोगिताको आयोजनाका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार रुपैयाँ, दोस्रो हुने टोलीलाई २० हजार रुपैयाँ र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण