आज यी नदीमा पानीको सतह बढ्ने, सतर्कता अपनाउन आग्रह
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार, आगामी तीन दिन देशका अधिकांश नदीहरूको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ।
- आज पश्चिम सेती (दिपायल) र बागमती (पधेरादोभान) मा पानीको बहाव उल्लेख्य बढ्नेछ भने भोलि धेरै नदीमा बहाव बढ्ने देखिन्छ।
- महाशाखाले तटीय क्षेत्र र बाढीको जोखिम भएका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीहरूको जलसतह बढ्ने जनाएको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णालीलगायतका नदीहरूको बहाव सामान्य र सतर्कता तहभन्दा तलै रहे पनि अब बढ्ने क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज पश्चिम सेती (दिपायल) र बागमती (पधेरादोभान) मा पानीको बहाव उल्लेख्य बढ्नेछ। कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती र बबईका अधिकांश मापन केन्द्रमा भने बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान छ।
भोलि (असार १३ गते) भने धेरै नदीमा बहाव उल्लेख्य बढ्ने देखिन्छ। महाशाखाका अनुसार भोलि दुधकोशी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती (दमौली), कालिगण्डकी, पश्चिम सेती, महाकाली, कन्काई, बागमती र पश्चिम राप्ती नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम औँल्याएको छ। आज मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
साथै झापा, इलाम, मोरङ, ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न पहाडी जिल्लाका साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेको जनाइएको छ।
भोलि र पर्सी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको छ। महाशाखाले नदीतटीय क्षेत्र तथा बाढीको जोखिम भएका अन्य स्थानका बासिन्दालाई आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन, आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण