सर्पको डसाइबाट महिलाको मृत्यु
बिहीबार, १२ असार २०८२, १० : २५
सारांश
- नवलपरासीको मध्यविन्दु नगरपालिकामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।
- ४६ वर्षीया शान्ति डुम्रेलाई घरमा भाँडा माझ्ने क्रममा सर्पले डसेको थियो।
- उपचारका क्रममा कालीगण्डकी अस्पतालमा उनको मृत्यु भयो, तर सर्पको पहिचान हुन सकेको छैन।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण