देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छ : मन्त्री पाण्डे
सारांश
- मन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताए।
- भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले योगको महत्वबारे चर्चा गरे र युवालाई योगमा आकर्षित गर्नुपर्ने बताए।
- कार्यक्रममा शिक्षक र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो, तर संस्थागत विद्यालयका सञ्चालकहरूले असन्तुष्टि व्यक्त गरे।
भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताएका छन् । आज भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उनले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्याउनुपर्ने धारणा राखे ।
मन्त्री पाण्डेले भक्तपुरबाट सुरु भएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी एवं युवा वर्गलाई योगमा केन्द्रित गराउनुपर्ने बताए । उनले भने, ‘नेपालको युवा शक्तिलाई योगमा ल्याउनु आवश्यक छ । अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्नेछन् । योगको ज्ञान र ध्यानले पहिलो परिवार, समाज, देश र विश्वमै शान्ति स्थापना गर्न सकिन्छ । यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले प्रत्येक व्यक्तिलाई योग आवश्यक छ । यो अभियान अब नेपालबाट सुरु हुन्छ ।’
भौतिक र अभौतिक सन्तुलन स्थापित गरेर योग साधनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मानव सभ्यतालाई उचित मार्गमा लैजान योगलाई फैलाउनु आवश्यक रहेको बताए । धार्मिक ज्ञान र विज्ञानबिचको सन्तुलनलाई मन र शरीरसँग जोडेर लानसके समुन्नत समाजको निर्माण हुने उनको धारणा छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले योगलाई विद्यालय केन्द्रित बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए । आज अपराह्न ५ बजेसम्म सञ्चालन हुने शिक्षकका लागि योग प्रशिक्षणमा जिल्लाभरिका ६० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको योग जिल्ला समन्वय समिति एवं कार्यक्रम संयोजक नवराज काफ्लेले जानकारी दिए ।
योग प्रशिक्षणमा सामुदायिक सबै विद्यालयलाई कार्यक्रममा नसमेटिएको, शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले विद्यालयमा विभेद गरेको, संस्थागत विद्यालयका छाता सङ्गठन एवं विद्यालयलाई सहभागिता नगराइएको, बजेटको दुरुपयोग गरेकोलगायत कारण देखाउँदै संस्थागत विद्यालयका सञ्चालकले असन्तुष्टि व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण