रास्वपाको महामन्त्रीमा दाबी गर्दै मुकुलले दायर गरेको रिटमाथि सुनुवाइ सकियो
सारांश
- डा. मुकुल ढकालले आफू रास्वपाको महामन्त्री भएको दाबी गर्दै दायर गरेको रिटमाथि सुनुवाइ सकियो।
- ढकालले आफूलाई महामन्त्रीको हैसियतमा काम गर्न दिन माग गर्दै परमादेशको माग गरेका छन्।
- रास्वपाले ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्यबाट निष्कासन गरेको थियो।
काठमाडौँ । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री दाबी गर्दै डा.मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ । मंगलबार ढकालले दायर गरेको रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा आज पेसी तोकिएको थियो ।
ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।
रास्वपाले ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्काशिन गरेको थियो । त्यसपूर्व २०८१ असार २० गते पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै पार्टीले ढकाललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो ।
ढकालले गत असार ४ गते रास्वपाको केन्द्रीय समिति र सदस्यहरूको अध्यावधिक विवरण माग गरेपछि निर्वाचन आयोगले ढकाल नै महामन्त्री रहेको र अद्यावधिक नभएको विवरण दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण