वैदेशिक रोजगारीको सपना देखाएर ठगी आरोपमा ३ जना पक्राउ
बिहीबार, १२ असार २०८२, २० : ५७
काठमाडौँ । वैदेशिक रोजगारीको सपना देखाएर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिम घर भएका ४० वर्षीय जगदीश महर, नवलपरासी पूर्व घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र सिन्धुली घ्याङलेकका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ छन् ।
आरोपीहरूलाई बिहीबार काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए ।
आरोपी महरले दक्षिण कोरिया पठाउँछु भनेर १७ लाख ८५ हजार असुलेको उजुरी परेको छ । डिल बहादुर आलेमगरले सर्बिया पठाउँछु भनेर ८ जनाबाट ५ लाख १० हजार रकम असुलेको पीडितको आरोप छ ।
अर्का आरोपी श्रेष्ठले रोमानिया सपना देखाएर दुई जनाबाट ६ लाख ५० हजार लिएर सम्पर्कविहीन भएको एसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
-
डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ
-
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
-
विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालनमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण