भारी वर्षा
लमजुङको खुदी बजारमा भारी वर्षा, खोलामा बहाव बढ्न सक्ने महाशाखाको चेतावनी
शुक्रबार, १३ असार २०८२, ०१ : ०६
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार लमजुङमा भारी वर्षा भएको छ।
- वर्षाका कारण खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध छ।
- बाढीको सम्भावना रहेकाले जोखिमयुक्त स्थानमा नजान विभागको आग्रह छ।
लमजुङ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार राति ११ः२० बजेसम्म लमजुङ जिल्लाको खुदी बजार र वरपरको क्षेत्रमा एक घण्टाको अवधिमा मध्यमदेखि भारी वर्षा भएको छ।
वर्षाका कारण साना खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।
बाढीको सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा नजान विभागले सबैलाई आग्रह गरेको छ। यस्तै महाशाखाले काठमाडाैँ उपत्यका आसपासमा भएको वर्षाको कारण बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण