नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिलालाई बगायो
सारांश
- नुवाकोटको ककनीमा अविरल वर्षापछि आएको बाढीले एक महिलालाई बगायो, खोजी कार्य जारी छ।
- बाढीले तीनवटा गोठ बगाउँदा घाइते भएका एक जनाको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइयो।
- डोल्पामा पहिरो जाँदा १५ घर पूर्ण रूपमा क्षति, ३ जना घाइते, उद्धार कार्य जारी छ।
काठमाडौँ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण आएको बाढीले एक महिलालाई बगाएको छ । खोलामा बेपत्ता भएकी ३२ वर्षीय कमला बलामीको खोजीकार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।
साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारको लागि काठमाडौँतर्फ पठाएको छ ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि ६५ जना सुरक्षा फौज उद्धारको लागि खटिएको छ । सो खोलले पशुचौपायलगायत अन्य सामान बगाएको छ ।
यता डोल्पा जिल्लाके काईके गाउँपालिका–४ रिवामा अविरल वर्षाको कारण पहिरो गई सो ठाउँमा रहेको १५ घर पूर्ण रुपमा क्षती भएको छ ।
उक्त स्थानमा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको छ । पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन् । उनीहरूको अवस्था भने सामान्य रहेको जानकारी आएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण