कांग्रेस र एमालेबिच बेलाबखत असमझदारी भइरहन्छ : देउवा
सारांश
- शेरबहादुर देउवाले एमालेसँग बेलाबखत असमझदारी भइरहने बताए।
- कांग्रेस र एमाले फरक दल भएकाले इश्युपिच्छे असमझदारी देखिनु सामान्य हो।
- सरकार आपसी सहमति अनुसार अघि बढिरहेको देउवाले बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमालेसँग बेलाबखत असमझदारी भइरहने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेस–एमाले फरक दल भएकाले इश्युपिच्छे असमझदारी देखिनु सामान्य भएको बताए ।
उनले दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको बताए । ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वाभाविक हो,’ देउवाले भने, ‘सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’
सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको र बेलाबेला देखिँदै आएको बताए ।
सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ फरक दल भएकाले देखिने गरेको बताए । फर दलबिच सत्ता सहकार्य गरेको समयमा धारणा फरक–फरक देखिनुलाई अनौठो मान्न नहुने देउवाको भनाइ थियो ।
सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था कांग्रेसको आग्रहमा सहज रूपमा हटाएको देउवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण