लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसकै दिन ९ ठाउँबाट १३ जना पक्राउ
सारांश
- अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको दिन देशका विभिन्न ९ स्थानबाट लागु पदार्थसहित १३ जना पक्राउ परेका छन्।
- कास्की, सिन्धुली, बर्दिया, रुपन्देही, सिराहा, झापा र सुनसरीमा लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्।
- प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ।
काठमाडौँ । बिहीबार अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाइयो । सोही दिन देशका विभिन्न ९ स्थानबाट लागु पदार्थसहित १३ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाए अनुसार कास्कीका दुई स्थानका साथै सिन्धुली, बर्दिया, रुपन्देही, सिराहा, झापा र सुनसरीबाट बिहीबार लागु पदार्थसहित १३ जना पक्राउ परेका हुन् ।
कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँबाट नियन्त्रित लागुऔषध फेनारगन ७ एम्पुल, नुर्फिन ७ एम्पुल र डाइजेपाम ५ एम्पुलसहित सोही ठाउँ बस्ने ३१ वर्षीय सुदिप विकलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको जनाइएको छ ।
यस्तै पोखरा महानगरपालिका–१०, रङ्गशाला गेटबाट नियन्त्रित लागुऔषध डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन ४ एम्पुलसहित वडाको औद्योगिक क्षेत्र बस्ने २४ वर्षीय अर्पण बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २ हजार ८८० ट्याब्लेट र ट्रामाडोल २९ हजार ट्याब्लेटसहित सर्लाही, बरहथवा नगरपालिका–७ बस्ने ३० वर्षीय विक्रम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११, गणेशपुर बाईपासबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६, शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका–५ बस्ने २० वर्षीय करण रोकाय छन् ।
रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुलसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका–६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् ।
सिराहाको गोलबजार नगरपालिका–६, लामा टोलबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २२ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय राजन कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका–६, पुष्पलाल चोकबाट अवैध लागुऔषध गाँजा १ किलो ८८८ ग्राम ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५९ वर्षीय अमृत माया लिम्बु र इलाम नगरपालिका–१२ स्यानाङ्बा घर भएका २० वर्षीय रोशन भट्टराई छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–४, सुनसरी पुल नजिकबाट करिब ७५ किलोग्राम गाँजासहित इटहरी उपमहानगरपालिका–१० बस्ने ४५ वर्षीय सुरतलाल चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–५ शिवालय टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय प्रकाश विक र सोही ठाउँ डेरा गरी बस्ने उदयपुर बेलका नगरपालिका–४ घर भएका ३१ वर्षीय दिनेश आले छन् ।
पक्राउ परेकाहरूबारे आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण