पसल बन्द गरेर सुनचाँदी व्यवसायी फेरि सडकमा, तस्बिरमा हेर्नुहोस्
सारांश
- आगामी आर्थिक वर्षको बजेटमा सुनमा विलासिता कर र हिरामा मूल्य अभिवृद्धि कर लगाइएको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्।
- प्रधानमन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित गरे पनि माग पूरा नभएपछि व्यवसायीले देशभरका सुनचाँदी पसल बन्द गरे।
- व्यवसायीहरूले साउन १ गतेदेखि देशभर अनिश्चितकालीन सुनचाँदी व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ । सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित बनेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक पास हुँदा आफूहरूको माग सम्बोधन नगरेकाले पुनः आन्दोलित हुनुपरेको व्यवसायीको भनाइ छ । बजेटलगत्तै सुनचाँदी व्यवसायीले आन्दोलन थालेकामा प्रधानमन्त्रीको आश्वासनपछि केही दिन आन्दोलन रोकेका थिए ।
तर माग सम्बोधन नगरेको भन्दै शुक्रबार व्यवसायीले विरोधमा शुक्रबार देशभरको सुनचाँदी व्यवसाय बन्द गरेका छन् । यस्तै बागमती प्रदेशमा विरोध र्याली निकाल्ने पूर्वघोषणाअनुसार शुक्रबार राजधानीको न्युरोड क्षेत्रमा व्यवसायीले बृहद र्याली निकालेका हुन् ।
उनीहरूले सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिइसकेका छन् ।
_D1aw4Qk6gM.jpg)
_p0AV1ncrvL.jpg)
_KrkA32giVP.jpg)
_5xbYmNLw8O.jpg)
_1s7rNyZsKQ.jpg)
_82EoQ7D84T.jpg)
_12uwx5DkWZ.jpg)
_icrjuLfgY7.jpg)
_4WB9pX9hbf.jpg)
_wK2Xc5Vg9n.jpg)
_FEc2PgfL2R.jpg)
_LhnokYK6pS.jpg)
_ZCqqM7cacg.jpg)
_dxGNrZSYxz.jpg)
_b03xSJCkqL.jpg)
_APF6oeWT6e.jpg)
_OMXBaX3jZc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण