नतिजाको तयारी
एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने
शुक्रबार, १३ असार २०८२, १६ : १८
सारांश
- राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्नेछ ।
- परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा सार्वजनिक गर्ने बताएका हुन् ।
- २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो, जसमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ ।
परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने बताएका हुन् ।
‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ’, शर्माले रातोपाटीसँग भने ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण