पोल्यान्डको ‘वर्ल्ड ब्लाइन्ड आइडल २०२५’ को मनोनयनमा पौडेल
सारांश
- चिरञ्जीवी पौडेल 'वर्ल्ड ब्लाइन्ड आइडल २०२५' का लागि मनोनयनमा परेका छन्।
- उनले दृष्टिविहीन व्यक्तिहरूको सशक्तिकरणका लागि सिङ ह्यान्डस् नेपाल स्थापना गरेका हुन्।
- उनलाई भोट गर्नका लागि संस्थाको वेबसाइटमा गएर नाम टाइप गर्न सकिनेछ।
काठमाडौँ । दृष्टिविहीन व्यक्तिहरूको हकहितका लागि लामो समयदेखि सक्रिय चिरञ्जीवी पौडेल ‘वर्ल्ड ब्लाइन्ड आइडल २०२५’ का लागि मनोनयनमा परेका छन् । पोल्यान्डको सेन्सा चेन्ज फर द ब्लाइन्ड फाउन्डेसन आयोजक रहेको कार्यक्रममा उनी नेपालबाट मनोनयनमा परेका हुन् ।
विश्वका व्यक्तिहरूको प्रतिनिधित्व रहने कार्यक्रममा उत्कृष्ट छनौटका सेन्सा फाउन्डेसनले भोटको पनि व्यवस्था गरेको छ। जसमा भोट गर्न पौडेलले सम्पूर्णमा अपिल समेत गरेका छन् ।
पौडेललाई भोटका लागि संस्थाको वेबसाइटमा गएर चिरञ्जीवी पौडेलको नाम टाइप गरेर सेन्ड भोट बटममा क्लिक गर्नु पर्नेछ । पौडेल दृष्टिविहीन व्यक्तिहरूको सशक्तिकरणमा समर्पित निजी सामाजिक व्यवसाय सिङ ह्यान्डस् नेपाल २०१० देखि स्थापना गरी दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिहरुलाई सीप विकास तथा रोजगारका अवसरहरू सिर्जना गर्दै आएको उद्यम हो ।
पौडेल यसैका संस्थापक हुन् । संस्थाले २०१२ मा सूर्य नेपाल आमा सामाजिक उद्यमी सम्मान समेत प्राप्त गरेको छ । संस्थाले हालसम्म ३० दृष्टिबिहिनका लागि मसाज थेरापीको तालिम दिई रोजगारी प्रदान गरिसकेको छ ।
पौडेलको यो योगदानको उच्च मूल्याङ्कन स्वरूप उनलाई ‘वर्ल्ड ब्लाइन्ड आइडल २०२५’ का लागि मनोनयनमा पारिएको हो । पौडेल आफैँ पनि दृष्टिविहीन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण