राष्ट्रिय महिला ह्याण्डबलः सेमिफाइनल समीकरण पूरा
सारांश
- पोखरामा जारी प्रथम गण्डकी कप महिला ह्यान्डबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भयो।
- एपीएफ, गण्डकी प्रदेश, आर्मी र कोशी प्रदेश सेमिफाइनलमा प्रवेश गरे।
- शनिबार कोशी प्रदेशले एपीएफ र गण्डकी प्रदेशले आर्मीसँग प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँ । पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
शुक्रबार गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजना जारी प्रतियोगितामा शुक्रबार लिग चरणका ६ खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
प्रतियोगिताको समूह ‘ए’ बाट एपीएफ र गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान बनाउँदा समूह ‘बी’ मा आर्मी र कोशी प्रदेशले सेमिफाइनलमा स्थान बनाए ।
समूह ‘ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेस प्रदेशलाई १६–२ र बागमती प्रदेशलाई १०–३ गोल अन्तरले हरायो । यस्तै एपीएफले मधेस प्रदेशलाई २२–४ ले हराउन सफल भयो ।
समूह ‘बि’ तर्फ भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३१–९ र लुम्बिनी प्रदेशलाई १०–२ गोल अन्तरले हराएको थियो । त्यस्तै त्रिभुवन आर्मीले कर्णालीलाई २२–४ ले हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
शनिबार हुने सेमिफाइनलमा कोशी प्रदेशले एपीएफको सामना गर्दा गण्डकी प्रदेशले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल पनि शनिबार नै हुनेछ । ८ टिमको सहभागिता जनाएको प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० हजार रुपैयाँ तथा चौथो हुनेले २० हजार रुपैयाँको प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण