उपकुलपति नियुक्तिमा भागबण्डाको आशंका
काठमाडौँ । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दुई जना प्राध्यापक तथा डाक्टरले चार वटै प्रतिष्ठान र चार जना प्राध्यापक तथा डाक्टरले दुई वटा प्रतिष्ठानमा आवेदन दिएको पाइएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि १३ वटा, पाटन स्वास्थ्य विज्ञानको लागि १० वटा, पोखरा विज्ञान प्रतिष्ठानको लागि १७ वटा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि १५ जना गरी जम्मा ५५ जनाको आवेदन परेको छ ।
यद्यपि वास्तविक सङ्ख्या भने ४५ जना हो । आवेदन माग गरिएपनि राजनीतिक भागबण्डाका आधारमा उपकुलपति नियुक्ति गर्नका लागि एउटै व्यक्तिले चार स्थानमा आवेदन दिएको पाइएको हाे ।
उक्त चार प्रतिष्ठानहरूको उपकुलपतिको लागि राजनीतिक भागबण्डा अनुसार धरान र कर्णाली कांग्रेस, पाटन र पोखरा प्रतिष्ठानमा एमाले पार्टीको भागमा सहमति भएको भन्ने हल्ला बाहिरिएपछि डा. गोविन्द केसीले राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्ति गरे सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।
निवेदकहरूमा पुरुष ४२ र महिला ३ महिला रहेका छन् । जातका आधारमा १९ ब्राह्मण जना, ५ नेवार, ७ मधेसी र अन्य १४ जनाको आवेदन दिएका छन् । राजनैतिक पहुँचका आधारमा नभएर विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा योग्यता र वरिष्ठता समावेशीका आधारमा नियुक्ति गर्नुपर्ने बताइएको छ ।
यी हुन दोहोर्याएर आवेदन भर्ने डाक्टर
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. विष्णु प्रसाद अधिकारी, डा. लक्ष्मी नारायण सिंह
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डा.कालु शर्मा सुवेदी
- बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रा.डा. संगीता सिंह भण्डारी
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ,बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रा.डा प्रलाहद कार्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण