प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरमा बस्दैछ, जसमा बजेटसम्बन्धी विधेयकहरू पारित हुनेछन्।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेछन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी गराउनेछन्, उनी विकासका लागि वित्तसम्बन्धी सम्मेलनमा भाग लिन जाँदैछन्।
काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने 'आर्थिक विधेयक, २०८२', र 'राष्ट्र ऋण उठाउने विधेयक, २०८२'लाई पारित गर्ने कार्यसूची रहेको छ ।
यस्तै, 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२' समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम छ । संयुक्त राष्ट्रसङ्घको 'विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन' मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण