सिराहामा दलित युवक मृत भेटिए, हत्याको आशंका
सारांश
- सिराहामा एक दलित युवक मृत अवस्थामा फेला परेका छन्।
- मृतकको घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिएको छ, घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र पोस्टमार्टम रिपोर्टपछि थप विवरण आउनेछ।
सिराहा । सिराहामा एक दलित युवक मृत भेटिएका छन् । आज बिहान सिरहाको हर्नमा गाउँपालिका वडा नम्बर–स्थितको खेतमा ३४ वर्षीय दलित युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।
बुदियाचापमा स्थित खेतमा अन्दाजी ३४ वर्षीय अजय महरा मृत भेटिएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए ।
उनका अनुसार आज बिहान महरा आफ्नो घर भन्दा एक किलोमिटर दूरीमा रहेको खेतमा मृत भेटिएका हुन् ।
प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा महरा राती आफ्नो घरमा सुतिरहेका थिए । तर बिहान घरमा नभेटिएपछि उनको खोजबिन गर्दै जाँदा खेतमा शव भेटिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रवक्ता पासवानले भने, ‘महराको घाँटीमा प्लास्टिकले बेरिएको छ, घटना शङ्कास्पद छ । यद्यपि, पोस्टमार्टममा विस्तृत विवरण खुल्नेछ ।’
उनका अनुसार अहिले घटनास्थलको मुचुल्का उठाउने काम भइरहेकोले छ, त्यसपछि पोष्टमार्टमका लागि शव अस्पताल पठाइनेछ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण