जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षारोपणमा जोड दिनुपर्छ : मन्त्री ठकुरी
सारांश
- वन तथा वातावरण मन्त्रीले जलवायु परिवर्तन कम गर्न वृक्षारोपणमा जोड दिएका छन्।
- मन्त्रीले एक घर दुई रुख अभियान र वन क्षेत्रमा फलफूल रोप्ने कुरामा जोड दिए।
- कार्यक्रममा देशको वन क्षेत्रबाट कम आम्दानी भएको र वन ऐनमा संशोधनको कुरा उठ्यो।
पाटन । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि वृक्षारोपणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् । ‘हरियाली बढाऔँ, हिमाल जोगाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा वन तथा भू–संरक्षण विभागद्वारा आज गोदावरीमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले सरकारले वन, वन्यजन्तु र जडीबुटीको संरक्षण गर्ने बताए ।
उनले वनको संरचनामा रहेका कानूनी जटिलतालाई समाधानका लागि पुरानो ऐनलाई समयसापेक्ष संशोधन र परिवर्तनको तयारी भइरहेकाे समेत जानकारी दिए । मन्त्रीले ठकुरीले सरकारले एक घर दुई रुख अभियान अगाडि बढाउने तयारी गरिरहेको उल्लेख गर्दै वन क्षेत्रमा फलफूलजन्य बोटबिरुवा रोपेर मानव–वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले मानिसको जन्मदेखि मृत्युपर्यन्त रुखको महत्त्व रहेको भन्दै समृद्धिको लागि वृक्षरोपण आवश्यक भएको बताए । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले देशको ४६ प्रतिशत भूगोल वन क्षेत्रबाट जम्मा रु दुई अर्ब आम्दानी लिन नसकेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बाढि पहिराेले क्षतविक्षत बनाएको स्थानमा वृक्षरोपण र पुनः निर्माणलाई जोड दिँदै बगरमा परिणत भएका मानिसका बस्तीहरूलाई संरक्षण गर्न जोड दिनुपर्ने बताए ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वनलाई प्रभावकारी रूपमा संरक्षण गर्न र वनबाट उत्पादित सामग्री सहज रूपमा उपयोग गर्न सक्ने गरी वनसम्बन्धी ऐन तथा नियमावलीहरू संशोधन गरिनुपर्नेमा जोड दिए । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले नेपालका एक करोड ६२ लाख उपभोक्ता वनमा आबद्ध भएको बताए । उनले देशको अर्थतन्त्रमा सामुदायिक बनको योगदानलाई अभिवृद्धि गर्न जोड दिने बताए ।
वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले शून्य कार्बन उत्सर्जनअन्तर्गत तीन करोड वृक्षरोपणलाई जोड दिँदै ७७ जिल्लामा रहेका ८४ वटा डिभिजन वन कार्यालयमार्फत निःशुल्क बिरुवा वितरण हुने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण