एमालेमा उमेर र कार्यकालको कुरा त्यसै राखिएको होइन, सोचेर राखिएको हो : ईश्वर पोखरेल
सारांश
- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरणबारे चर्चा गरे र यसलाई तलमाथि गर्न नसकिने बताए ।
- मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पोखरेलले पार्टीभित्रका समस्या विधिसम्मत समाधान गर्नुपर्ने बताए ।
- उनले विधान महाधिवेशनमा पारित भएका दस्ताबेज सुरक्षित रहेको र पार्टीमा लोकतान्त्रीकरणबारे छलफल चलिरहने कुरा व्यक्त गरे।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरण जबजको अभिछिन्न अंग भएकाले तलमाथि गर्न नसकिने बताएका छन् । शनिबार मदन भण्डारीको जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेता पोखरेलले पार्टीमा लोकतान्त्रीकरणको चर्चा गर्दै जुनसुकै विद्रोहलाई विधिसम्मत समाधान गर्नुपर्ने पोखरेलले बताए ।
‘२०७८ साल असोजमा विधान महाधिवेशन भयो । त्यो महाधिवेशनमा विधान मात्र होइन, सङ्गठनात्मक प्रस्ताव पारित भयो । राजनीतिक प्रतिवेदन पारित भयो । राजनीतिक प्रतिवेदनको आधारमा सङ्गठनात्मक प्रस्ताव र सङ्गठनात्मक प्रस्तावका आधारमा विधान पारित भयो । यस हिसाबले यी विषयहरू अघि बढेर र पारित भए’, महासचिव पोखरेलले भने, ‘त्यसबेला पारित भएका दस्ताबेजहरू जस्ताको तस्तै सुरक्षित छन् । हामीले पार्टीको लोकतान्त्रीकरणको बारेमा के– के कुरा गर्यौँ । कार्यकालका कुरा गर्यौ, उमेरका कुरा गर्यौ । नियन्त्रण र सन्तुलनका कुराहरू पनि गर्यौ र थुप्रै कुराहरू राख्यौँ । त्यो राखेको कुनै झ्वाकमा राखेको होइन, सुविचारित ढङ्गले लामो बहस र छलफलबाट निकालिएका निष्कर्ष हो ।’
उपाध्यक्ष पोखरेलले अहिले पनि विधान महाधिवेशन हुन लागेको भन्दै पार्टीमा लोकतान्त्रीकरणको कुरा गर्दा एमालेमा उमेर र कार्यकालको चर्चा चल्नु स्वाभाविक भएको बताए ।
‘कुरा उठ्छन् छलफल चल्छ । बेलै यही हो त अलिअलि कुरा भइहाल्छ नि’, उनले भने, ‘यदि विधान र नेतृत्व चयनको महाधिवेशन एकैपटक गर्दा छलफल हुँदैन भनेर नै छुट्टै गर्ने व्यवस्था गरिएको हो ।’
उनले देखिएका समस्याहरु समाधान गर्न एमालेले क्षमता राख्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण