आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

रौतहटको एसईई नतिजा : ७१.२० प्रतिशत उत्तीर्ण, २ छात्राले ल्याए ४ जिपिए

शनिबार, १४ असार २०८२, १८ : ०७
शनिबार, १४ असार २०८२

सारांश

  • रौतहटमा एसईई परीक्षामा ७१.२० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
  • जिल्लाभरिबाट ६ हजार ६०२ जना विद्यार्थी उत्तीर्ण हुँदा २ हजार ६७१ जना अनुत्तीर्ण भए।
  • गरुडा नगरपालिकाको नेपाल प्रहरी विद्यालयका दुई छात्राले एसईईमा ४ जिपिए ल्याए।

रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुक्रवार प्रकाशित नजिता अनुसार रौतहटबाट सहभागी छात्र छात्रा परीक्षार्थीहरूले सहभागी सङ्ख्याको आधारमा कुल ७१.२० प्रतिशत उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागी भएका कुल ९ हजार २७३ परीक्षार्थीहरू मध्ये ६ हजार ६०२ उत्तीर्ण भएका हुन्। सहभागी मध्ये २ हजार ६७१ जना परीक्षार्थीहरू उत्तीर्ण हुन नसकेर पुनः परीक्षा दिनुपर्ने जिल्ला शिक्षा समन्वय इकाई कार्यालय गौरले जनाएको छ।

शुक्रवार प्रकाशित नतिजा अनुसार ६११ जना परीक्षार्थीले ए प्लस, २हजार ३२१ जना ए, २ हजार ७१० बी प्लस, ९३६ बी, २४ सी प्लस, र २ हजार ६७१ जना परीक्षार्थीले एनजी ल्याएको शिक्षा समन्वय इकाई कार्यालयले उल्लेख गरेको छ। 

त्यसैगरी यस पटकको एसईई को प्रकाशित नजिता अनुसार  जिल्लाको मध्य स्थान गरुडा नगरपालिका जिंगडिया स्थित नेपाल प्रहरी विद्यालय की  दुई जना छात्राले फोर जिपिए ल्याएकी छिन्।

सिम्बल नम्बर ०३५०५३३८ आर  भएकी मायुसी कुमारी साह र ०३५०५३६५ एस सिम्बल नम्बर भएकी स्मृति जयसवालले सर्वोत्कृष्ट ४ जिपिए ल्याएको प्रहरी विद्यालयका प्रधानाध्यापक रामशरण रिजालले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप