बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रशासनिक काम उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

शनिबार, १४ असार २०८२, १९ : ५०
शनिबार, १४ असार २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।  

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यहरू सम्हाल्नका लागि उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकेको जानकारी दिएकी हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

3-14_प्रधानमन्त्रीको कार्यभार_Scan_20250627 (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप