बार र बेन्चलाई व्यवस्थित बनाउन पहल गर्छु : प्रस्तावित न्यायाधीश पौडेल
सारांश
- श्रीकान्त पौडेलले मुद्दा व्यवस्थापनलाई प्राथमिकता दिने बताए।
- उनले न्यायिक प्रक्रियालाई पारदर्शी बनाउन जोड दिने बताए।
- पौडेलले अनलाइन मुद्दा दर्ता र सूचना प्रविधिको विकासमा जोड दिने बताए।
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्यमा आफ्नो अधिकतम प्रयास रहने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा बोल्दै उनले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रूपमा पद्धतिमा आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
इजलासको बहस समय व्यवस्थापन आफ्नो प्राथमिकतामा रहने बताए । बार र बेन्चलाई व्यवस्थित बनाएर जाने बताए । उनले अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकासमा पनि आफ्नो जोड रहेको बताए । न्यायिक सुशासन कायम गर्न आफ्नो सक्रिय सहभागिता रहने बताए ।
प्रस्तावित न्यायाधीश पौडेलले विशेष प्रकृतिका मुद्दा फर्छ्यौटमा आफ्नो मुख्य प्राथमिकता रहने बताए । समयमा फैसला गर्ने कुरा आफ्नो अर्को प्राथमिकताको विषय रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण