संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखको आग्रह
सारांश
- सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपालाई संसदीय प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
- उनले महत्त्वपूर्ण विधेयकहरूमा प्रमुख दलहरूबीच सहमति हुनुपर्ने बताए।
- सभामुखले संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफलका लागि वातावरण बनाउन आग्रह गरे।
काठमाडौँ । सभामुख देवराज घिमिरेले सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आग्रह गरेका छन् ।
आइतबार प्रमुख पाँच दलका प्रमुख पाँच दलका प्रमुख सचेतकहरूको बैठकमा सभामुख घिमिरेले महत्त्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो नहुने बताएका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
‘सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई मेरो आग्रह छ,’ सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै प्रेस विज्ञ अधिकारीले भने, ‘महत्त्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो भएन ।’
सभामुख घिमिरेले सङ्घीय निजामती सेवा विधेयक विद्यालय शिक्षा विधेयकजस्ता सङ्घीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन पनि दलहरूलाई अनुरोध गरे ।
पाँच दलका प्रमुख सचेतकहरूसँग सभामुखको बैठक अझै जारी छ । बैठक जारी रहँदा एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण