‘विदेशी एयरलाइन्सहरूको उडान सङ्ख्या बढाउन अझै सहुलियतको व्यवस्था गर्नुपर्छ’
सारांश
- पूर्वसचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सका लागि आकर्षक गन्तव्य भएको बताए।
- विदेशी एयरलाइन्सहरूले उडान संख्या बढाउन चाहेको र नेपालले सहुलियत दिनुपर्ने उनको भनाइ छ।
- उनले एसिया प्यासिफिक क्षेत्रमा हवाई बजारको सम्भावना र नियामक निकायको सुधारबारे चर्चा गरे।
काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सहरूको लागि आकर्षक गन्तव्य भइरहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै थापाले अहिले पनि धेरै विदेशी एयरलाइन्सहरूले नेपालमा उडान भर्ने चाहना राखिरहेको र आइरहेको पनि उल्लेख गरेका हुन् । विदेशी एयरलाइन्सहरूले उडानको सङ्ख्या बढाउन चाहिरहेको सन्दर्भमा नेपालले उनीहरूलाई अझै सहुलियतहरूको व्यवस्था गरी थप उडानका लागि प्रोत्साहित गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘हामी सिभिल एभिएसनको विश्वव्यापी बजार हेर्दा पनि के देखिन्छ भने ज्यादा एभिएसनको मार्केट एसिया प्यासिफिक क्षेत्रमा नै छ । नेपाली एयरलाइन्सहरूलाई यो क्षेत्रमा अपरेट गर्न कुनै रोकटोक छैन । हाम्रो धेरै मार्केट भनेको ६ देखि सात घण्टाको डिस्टेन्समा छ । युरोपियन युनियनको ब्ल्याक लिस्टमा परे पनि कुनै समस्या छैन । क्यानको सेफ्टी अडिट र फङ्सनमा सुधार गर्दा पनि ब्ल्याक लिस्टबाट हट्न सक्ने अवस्था छ ।’
उनले गैरसैनिक हवाई उडान ऐन, २०१५ रहेको तर अहिलेका विधेयकमा कतै उल्लेख भएको नपाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण