आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्री दाहाल र टर्कीका यातायात मन्त्रीबिच भेटवार्ता

आइतबार, १५ असार २०८२, १४ : ५८
आइतबार, १५ असार २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र टर्कीका यातायातमन्त्री अव्दुल कदीर उरालोग्लुबिच भेटवार्ता भएको छ । 

टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ लाई सम्बोधनका लागि पुगेका मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री उरालोग्लुबिच आइतबार भेटवार्ता भएको हो ।

उनीहरुबिच दुईपक्षीय हितका बारेमा साइडलाइन वार्ता भएको बताइएको छ । उक्त समारोहलाई सम्बोधनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरुको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएका थिए ।

नेपालले बहुआयामिक तथा बहुदिशात्मक कनेक्टिविटी नीति अंगिकार गरेको उल्लेख गर्दै उनले निर्माणाधीन करिडोरहरुले विशाल भूगोल र जनसंख्या भएका दुई छिमेकी मुलुकहरुलाई जोड्ने उल्लेख समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप