पूर्वक्लबविरुद्ध मैदानमा उत्रिँदै मेस्सी
काठमाडौँ । फिफा क्लब विश्वकप फुटबलअन्तर्गत अन्तिम–१६ को खेलमा आज (आइतबार) इन्टर मियामी र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रतिस्पर्धा गर्दैछन् ।
मर्सिडिज बेन्ज स्टेडियममा हुने पीएसजी र इन्टर मियामीबिचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने योजनामा हुनेछन् ।
मियामीका कप्तान लियोनल मेस्सी आफ्नो पूर्व क्लबविरुद्ध मैदान उत्रन लागेका हुन् । मेस्सी सन् २०२३ मा पीएसजीबाट मियामीमा आएका थिए । आजको खेल मेस्सीका लागि विशेष पनि हुनेछ । किनकि मेस्सी पहिलो पटक आफ्नो पूर्वक्लबविरुद्ध खेल्न लागेका हुन् ।
फिफाले यो खेलमा सर्वाधिक दर्शक आउने अनुमान गरेको छ । क्लब विश्वकपअन्तर्गत नै आज राति हुने अर्काे खेलमा फ्लेमेन्गोले बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबिचको खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण