सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ
काठमाडौँ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ गरेको छ । सिंहदरबारमा आइतबार बसको समिति बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाइ गरेको हो ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाई सोमबार हुने समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन् ।
त्यसअघि संसदीय सुनुवाइका क्रममा समिति सदस्यहरुले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई निष्पक्ष कार्यसम्पादनको आधारका बारेमा प्रश्न राखेका थिए । समिति सदस्य महेश बर्तौलाले पोखरेलको पृष्टभूमि सक्रिय राजनीति रहेकाले यसबाट मुक्त हुने आधारका बारेमा सोधेका थिए । साथै उनले व्यावसायिक घरानाको प्रभावमा परेर सिफारिस भएको हो की भन्दै प्रश्न गरे ।
त्यस्तै समिति सदस्य जनार्दन शर्माले सर्वोच्च बारको नेतृत्वमा रहेर काम गरेको र बार राजनीतिक पक्षधरताको ठाउ रहेकाले अव न्यायाधीशमा नियुक्त भए निष्पक्ष हुने आधारका बारेमा प्रश्न राखेका थिए ।
सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रस्तावित न्यायाधीश पोखरेलले आफु कसैको सिफारिसमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताए । कुनै व्यवसायीक घराना वा राजनीतिक दवाव र प्रभावमा आफु नपर्ने उहाले स्पष्ट पारे ।
त्यस्तै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलले न्यायपालीकालाई प्रभावकारी बनाउने, निष्पक्ष न्यायसम्पादन, निष्ठा र इमान्दारीताको आदर्शका साथ अघि बढ्ने बताए । कसैको दवाव, प्रभावमा आफु नपर्ने र संविधानका साथै नागरिकको अदालतबाट चाहेको सेवा प्रवाहमा ध्यान दिने उहाले उल्लेख गरे ।
त्यस्तै पौडेलले इजलासको बहसको समय व्यवस्थापन, अनावश्यक पेशी रोक्ने कार्य बन्द गर्ने लगाएका कार्ययोजना समितिमा प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण