आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मोरङमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

आइतबार, १५ असार २०८२, १६ : ४०
आइतबार, १५ असार २०८२

मोरङ । मोरङमा एक ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । 

२२ वर्षीय पुरुष बालिकाकै काका नाता पर्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार शनिबार बिहान करिब ४ः४५ बजे जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर ५ रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो । उनको शरीरमा चोटपटक पनि देखिएको थियो ।

बालिका राति आमाबुबासँगै सुतेकी थिइन् । तर, बिहान करिब ३ बजेतिर अभिभावकले आफूहरूसँग छोरी नभएको थाहा पाएका थिए । त्यसपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए । 

घटनाबारे प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा बालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर उक्त ठाउँमा फालेको खुलेको नायब उपरीक्षक चुडालले बताइन् । अनुसन्धानपछि प्रहरीले काका नाता पर्ने ती युवकलाई पक्राउ गरेको उनको भनाई छ ।

उनलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र हाडनाता करणी सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप