बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपाद्वारा चितवनमा धान रोपाइँ

आइतबार, १५ असार २०८२, १६ : ४७
आइतबार, १५ असार २०८२

चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चितवनमा धान रोपाइँ सुरु गरेको छ । देशव्यापी धान रोपाइँ गर्ने अभियान अन्तर्गत नेकपाले चितवनको ज्योतिनगरमा २ बिगाहा जमिनमा आइतबारदेखि धान रोपाइँ सुरु गरेको हो ।

पार्टी प्रवक्ता प्रकाण्डको उपस्थितिमा नेकपाले भरतपुर–२६ ज्योतिनगरमा धान रोपेर सुरु गरेको हो । रोपाइँको उद्घाटन गर्दै श्रम, उत्पादन र आत्मनिर्भरताको दिशामा अग्रसर हुन जरुरी रहेको प्रवक्ता प्रकाण्डले बताए । 

पार्टीलाई आत्मनिर्भर बनाएर देश निर्माणको अभियानको नेतृत्वमा अग्रसर हुन उत्पादन कार्यमा जोडिएको उनले बताए । पार्टी नेतृत्वदेखि कार्यकर्तालाई श्रम र उत्पादनमा जोड्ने नीति अनुसार उत्पादन अभियान जारी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप