दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई प्रचण्डको बधाई
सारांश
- प्रचण्डले दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई बधाई दिए।
- उर्मिला श्रेष्ठले स्वर्ण पदक जितेकोमा प्रचण्डले प्रशंसा गरे र राज्यको सहयोगको प्रतिबद्धता जनाए।
- नेपालले प्रतियोगितामा रजत र स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पुमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् ।
त्यसक्रममा अध्यक्ष प्रचण्डले विशेष गरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुसी व्यक्त गरे । ‘खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ। अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ । म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, प्रचण्डले प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको थियो ५५ केजी तौल समूहमा शरद सुवालले रजत पदक जितेका थिए भने महिला एथलेटिक्स फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फहराएका थिए । उक्त समूहमा भारतकी सारा कांस्य पदक विजेता बनेकी छन् ।
त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५ से.मी. मुनीको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका थिए । पुरुष स्पोर्ट्स फिजिक १७५ से.मी. माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौँ स्थान हासिल गरेका थिए ।
अध्यक्ष प्रचण्डले नेपाली खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै आगामी दिनमा शारीरिक सुगठनजस्ता खेलहरूलाई समेत राज्यले आवश्यक सम्मान र स्रोत साधन उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण