दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहकाे बधाई
सारांश
- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता खेलाडीलाई बधाई दिएका छन्।
- भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले विभिन्न समूहमा उपाधि जित्यो।
- सरद सुवालले रजत, उर्मिला श्रेष्ठले स्वर्ण, र शिला ठकुरीले रजत पदक जिते।
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् । भुटानको थिम्पुमा गत जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा नेपालले विभिन्न समूहतर्फ उपाधि जितेको थियो । कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयमा आज विजेता खेलाडीहरूलाई सम्मानसहित बधाई ज्ञापन गरेका हुन्।
सो क्रममा सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै नाम राख्न सफल भएको भन्दै खेलाडीहरूको प्रशंसा गरे ।
प्रतियोगितामा नेपालले ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन् भने महिला एथ्लेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शिला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फरफराएका छन्। उक्त समूहमा भारतकी सारा कांस्य पदक विजेता बनेकी छन्।
त्यसैगरी पुरुष स्पोर्ट्स फिजिक १७५ मुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन् । पुरुष स्पोर्ट्स फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौँ स्थान हासिल गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण