डेम्बेलेले भने– मेस्सी महान् खेलाडी
सारांश
- लियोनल मेस्सीको इन्टर मियामी क्लब विश्वकपको अघिल्लो चरणमा प्रवेश गर्न असफल भयो।
- अन्तिम १६ को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग इन्टर मियामी पराजित भयो।
- खेलपछि पीएसजीका खेलाडीहरूले मेस्सीसँग कुराकानी गरे, जसमा डेम्बेलेले जर्सी साटे।
काठमाडौँ । विश्व विजेता लियोनल मेस्सीको आबद्ध इन्टर मियामी ‘क्लब विश्वकप फुटबल’को अघिल्लो चरण प्रवेश गर्न सकेन ।
अन्तिम १६ को खेलमा च्याम्पियन्स लिग च्याम्पियन टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पराजित हुन पुग्यो ।
उक्त खेलमा मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । यस्तै खेलसँगै पीएसजीका खेलाडीहरू मेस्सीसँग भलाकुसारीमा लागे ।
त्यसैमा पूर्व सहकर्मी उसमान डेम्बेलेले मेस्सीसँग आफ्नो जर्सी साटे । डेम्बेलेले उक्त जर्सी साटेको फोटो सामाजिक सञ्जालमा राख्दै उनले मेस्सी सर्वकालLन महान खेलाडी भएको बताएका छन् ।
‘फेरि भेट्दा खुसी लाग्यो । लियोनल मेस्सी र सर्वकालिन महान खेलाडी । मलाई विश्वास छ, तिमी इन्टर मियामीमा रहेर इतिहास बनाउनेछौँ,’ डेम्बेलेले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
मेस्सी र डेम्बेलेले सन् २०१७ देखि २०२१ सम्म बार्सिलोनामा सँगै खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण