युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्नेतर्फ सबैको ध्यान जानुपर्छ : उपराष्ट्रपति यादव
सारांश
- उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सिर्जनात्मकता व्यवहारिक रूपान्तरणको लागि सहयोगको आह्वान गरे।
- युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा मन्त्रीहरूले लगानीको वातावरण र सीपमूलक शिक्षाको महत्त्वबारे बोले।
- मन्त्रीहरूले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न जोड दिए, विदेश पलायन रोक्न आवश्यक रहेको बताए।
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोस र चेतनालाई व्यवहारिक रूपान्तरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय युवा परिषद्ले काठमाडौँमा आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाहरूका विचारलाई व्यावसायिक योजनाहरूमा बदल्नका लागि सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको समेत बताए । यस्ता कार्य सरकारले मात्रै नभई निजी क्षेत्र, शैक्षिक क्षेत्र, वित्तीय निकाय र नागरिक समाज मिलेर गर्नुपर्नेमा उनले जोड दिए ।
उपराष्ट्रपति यादवले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सिप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने धारणा राखे । उनले व्यावसायिक योजना बजारको पहुँच ब्रान्डिङ लगायतका विषयमा मार्गदर्शन गर्न जरुरी रहेको बताए । युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्ने तर्फ पनि सबैको ध्यान जानुपर्ने उनले बताए ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकमा लगानीको वातावरण बनाए पनि पुँजी प्रवाह हुन नसकेको बताए । उनले वस्तुका साथै सेवालाई समेत निर्यात गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै युवाहरूले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राज्यको सीमित स्रोत साधनका कारण युवाहरूलाई स्वदेशमा रोजगार दिन नसकेकाले लाखौँ युवाहरु विदेश जान बाध्य भएको बताए । उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि सीपमूलक शिक्षाको आवश्यकता रहेको उल्लेख गरे । स्वदेशमा नै केही गर्न चाहने युवाहरूलाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण