मनाङ (ख) को उपनिर्वाचन मिति किन भएन घोषणा ?
सारांश
- निर्वाचन आयोगले रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन गर्ने, तर मनाङको मिति तोकिएन।
- मनाङ प्रदेशसभा क्षेत्र 'ख' को मिति प्रदेशसभाबाट औपचारिक पत्र नआएकाले घोषणा नभएको हो।
- सर्वोच्चको फैसलाको पूर्णपाठ नआएकाले र प्रदेशसभाले जानकारी नगराएकाले मिति तोक्न नसकिएको हो।
काठमाडौँ । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी १७ कात्तिकमा उपनिर्वाचन मिति घोषणा गरे पनि मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को मिति भने तोकेको छैन । यसअघि आयोगले रुपन्देही ३ र मनाङ (ख) मा एकै दिन उपनिर्वाचन हुने बताएको थियो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बारे प्रदेशसभामार्फत औपचारिक पत्र आइनसकेकोले मिति घोषणा नगरिएको हो ।
सर्वोच्च अदालतले असार पहिलो साता गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त हुने फैसला गरेको थियो ।सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङे फौजदारी कसुरमा दोषी ठहर भइसकेको जनाउँदै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो । अदालतको उक्त फैसलाका आधारमा प्रदेशसभाले निर्वाचन आयोगलाई रिक्त पदबारे जानकारी गराउनुपर्ने हुन्छ ।
‘सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त फैसला गर्यो तर फैसलाको पूर्णपाठ दिएन’, भण्डारीले भने, ‘त्यो भएकाले त्यहाँ कुन मितिदेखि पदमुक्त हो भन्ने जानकारी भएन । सर्वोच्चको फैसला प्रदेश सभामा पुग्नुपर्यो, त्यसपछि प्रदेश सभाले आयोगलाई पठाएपछि बल्ल हामीले प्रक्रिया सुरु गर्न पाउँछौ ।’ उनले प्रदेश सभाले पत्र पठाउने वित्तिकै कात्तिक १६ कै मितिमा उपनिर्वाचन हुने आयोगले जानकारी गराउने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण