सांसदहरूको प्रस्ताव : आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ
सारांश
- सांसदहरूले प्रहरी महानिरीक्षक (आईजीपी) लाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिन्ह लगाउने व्यवस्थाको प्रस्ताव गरेका छन्।
- पूर्व आईजीपी ध्रुवबहादुर प्रधानले कार्यकारी प्रमुखले फुली लगाउँदा शोभायमान हुने बताए।
- सांसद भानुभक्त ढकाल र नारायणी शर्माले पनि प्रधानमन्त्रीबाटै दर्ज्यानी चिन्ह लगाउने व्यवस्थाको समर्थन गरे।
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले आईजीपीको पद अझै ‘गरिमायोग्य’ बनाउन कार्यकारी प्रमुखबाट दर्ज्यानी चिन्ह लगाउने व्यवस्था सहितको कानुन बनाउन प्रस्ताव गरेका हुन् ।
सोमबार सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा सहभागी पूर्व आईजीपी समेत रहेका सांसद ध्रुवबहादुर प्रधानले भने, ‘पिपिङ सेरेमोनीमा मुलुकको कार्यकारी प्रमुखले आईजीपीलाई फुली लगाउँदा शाेभनीय देखिन्छ ।’
अहिले मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरे पनि गृह मन्त्रालयका सचिवले फुली लगाउने व्यवस्था छ । एकीकृत समाजवादीका सांसद भानुभक्त ढकालले पनि आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने– ‘आईजीपी नेपाल सरकारप्रति उत्तरदायी हुने र दर्ज्यानी चिन्ह प्रधानमन्त्रीले लगाउने व्यवस्था राख्नुपर्छ ।’ नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने व्यवस्था ऐनमा नै गर्नुपर्ने बताइन् ।
समितिमा उनले भनिन्– ‘यसबाट प्रहरी सङ्गठनको मनोबल बढ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण