अदालत
तीनकुने प्रकरण : थाम्सोहाङलाई १ लाख धरौटीमा रिहा गर्न आदेश
सोमबार, १६ असार २०८२, १९ : २५
काठमाडौँ । काठमाडौँको तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न प्रतिवादी प्रेम कुमार थाम्सोहाङलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थाम्सोहाङलाई न्यायाधीश कपिलमणी गौतमले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
झापाका कमल गाउँपालिका–५ घर भएका थाम्सोहाङ तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी थिए ।उनी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियानको मुलबासी पहिचान विभाग प्रमुख हुन् ।
उनी विरुद्ध सरकारी वकिलले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय गर्न मागदाबी लिएर मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण