निजामती कर्मचारी विधेयकमा सांसदलाई नै झुक्क्याइएकोप्रति के भन्छन् चन्द्र भण्डारी ?
मङ्गलबार, १७ असार २०८२, ०८ : ११
सारांश
- निजामती विधेयकमा वरिष्ठ प्रशासकहरूको स्वार्थ घुसाइएको पाइएपछि सांसदहरूले आपत्ति जनाएका छन्।
- सांसद डा. चन्द्र भण्डारीले सीमित व्यक्तिको स्वार्थका लागि मुलुक ठगिएको भन्दै संशय व्यक्त गरे।
- विधेयकमा दुई वर्षे कुलिङ पिरियडको भाषा हेरफेरको विरोध भइरहेको छ।
काठमाडौँ । सांसदलाई नै झुक्क्याएर निजामती विधेयकमा वरिष्ठ प्रशासकहरूका स्वार्थ घुसाइएको पाइएपछि सांसदहरूले आपत्ति जनाइरहेका छन् । दुई वर्षे कुलिङ पिरियडको भाषामा हेरफेर भएपछि यसको विरोध भएको हाे ।
यसै क्रममा कांग्रेस सांसद डा. चन्द्र भण्डारीले सीमित व्याक्तिहरुको स्वार्थका लागि यो मुलुक कति ठगिएको होला भन्दै संशय प्रकट गरेका छन् ।
उनले लेखेका छन्-'सांसदमा सांसदलाई समेत ढाँट्ने छल्ने र किर्ते गर्ने गरे पछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको छ ? यो अक्षम्य ठुलो अपराधको कारबाही इतिहास बन्ने गरी गर्नु पर्दछ । कति ठुलो छलछाम ! दायित्वमा रहेका सम्बद्ध पक्ष पनि परीक्षणको कसीमा हुनुपर्दछ । के के देख्नु , सुन्नु र भोग्नु पर्ने हो ? यो भन्दा ठुलो लज्जा पनि केही हुँदैन !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण