पाँच देशको भ्रमणमा निस्कदैछन् मोदी
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई २ बाट पाँच देशको भ्रमणमा निस्कने भएका छन्।
- भ्रमणमा उनी घाना, त्रिनिदाद र टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबिया जानेछन्।
- मोदीले ब्राजिलमा ब्रिक्स शिखर सम्मेलनमा भाग लिनेछन्, र घाना र नामिबियाको पहिलो भ्रमण गर्नेछन्।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २ बाट पाँच देशको भ्रमण गर्ने भएका छन् । यस आठ दिने भ्रमणमा उनले घाना, त्रिनिदाद र टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियाको भ्रमण गर्नेछन् ।
यस भ्रमणको क्रममा मोदीले ब्राजिलमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिने बताइएको छ । आफ्नो कार्यकालमा मोदी चौथो पटक ब्राजिलको भ्रमण गर्न जाँदैछन् । जुलाई २ बाट सुरु हुने यस भ्रमणको पहिलो चरणमा उनी घाना पुग्नेछन् ।
यो उनको पहिलो घाना भ्रमण हुनेछ । यो कुनै पनि भारतीय प्रधानमन्त्रीको ३० वर्षपछिको पहिलो घाना भ्रमण हुनेछन् । मोदीले यहाँ घानाका राष्ट्रपतिसँग भेट गर्नेछन् । यस क्रममा यी दुई शीर्ष नेताले दुई देशको राजनीतिक तथा आर्थिक सम्बन्धबारे छलफल गर्ने भनिएको छ ।
भ्रमणको अन्तिम चरणमा, मोदी नामिबिया पुग्नेछन् । यो मोदीको नामिबियाको पहिलो भ्रमण हुनेछ । नामिबियाका राष्ट्रपति नेतुम्बो नन्दीको भारतसँग यो पहिलो द्विपक्षीय वार्ता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण