परेन पानी, भएन रोपाइँ
सारांश
- महोत्तरीमा समयमा वर्षा नहुँदा धान रोपाइँमा कमी आएको छ।
- पानीको अभाव र ब्याड राख्न ढिलाइ हुँदा रोपाइँ पछि परेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
- किसानले वैकल्पिक सिँचाइका लागि कार्यक्रम र कृषि सामग्रीको माग गरेका छन्।
महोत्तरी । सयममा वर्षात् नहुँदा जिल्लामा धान रोपाइँ न्यून भएको छ । मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि परेको हो । जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ ।
तर यसपालि अनुकूल वर्षा नहुँदा ब्याड राख्न भएको ढिलाइ र रोपाइँका लागि पानी नपुग्दा धानखेती पछि परेको कृषि ज्ञान केन्द्रले जनाएको हो । “अनुकूल वर्षा नहुँदा किसानले समयमा ब्याड राख्न सकेनन्, अहिले रोपाइँ गर्नुपर्ने बेलामा पनि पानी पर्न सकेन, त्यसैले यहाँको रोपाइँ कम भएको छ”, कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने ।
सामान्यतयाः महोत्तरीसहितका मधेसका किसानले जेठ तेस्रो साताभित्र ब्याड राखिसक्ने र असार भित्र रोपाइँ सक्दछन् । यही असार १५ मा धान दिवस मनाइरहँदा यहाँको रोपाइँ दुई–तीन प्रतिशतभित्र रहेको उनले बताए ।
जिल्लाका कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर पुग्ने सिँचाइ व्यवस्था छ । यसपालि लामो खडेरीले कुुलोको पानीका स्रोतको मुहान नरसाउँदा यस्ता जग्गामा पनि रोपाइँ कम भएको जनाइएको छ । भङ्गाहा–५ का भूचक्रपुरका किसान लक्ष्मण महतो सरकारले वैकल्पिक सिँचाइका लागि इनार, बोरिङ, स्यालो ट्युबवेलजस्ता कार्यक्रम र बीउ, मलखाद एवं प्रविधि किसानसम्म पुर्याउन सकेमात्र खेतीपातीमा किसानको उत्साह बढ्ने बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण