डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'इ' को खेलमा जर्मनीले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।
- खेलको ३० औं मिनेटमा फ्रान्क केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाए पनि डेनिज उन्डाभले ६८ औं र इन्जुरी समयमा दुई गोल गर्दै जर्मनीलाई जित दिलाए ।
- यस जितसँगै जर्मनीले लगातार दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको विगतको असफलतालाई चिर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
काठमाडौँ । क्यानडाको टोरन्टो स्टेडियममा आइतबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गतको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा जर्मनीले आइभरी कोस्टमाथि २–१ को सानदार पुनरागमन जित हात पारेको छ । यो जितसँगै जर्मनीले दुई खेलबाट स्पष्ट ६ अंक जोड्दै विश्वकपको अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको छ । सन् २०१८ र २०२२ को विश्वकपमा लगातार समूह चरणबाटै बाहिरिएर अपमानजनक बहिर्गमन बेहोरेको जर्मनीका लागि यो सफलताले खस्किएको साखलाई पुनः फर्काएको छ ।
दोस्रो हाफमा जर्मनीका प्रशिक्षकले ६० औं मिनेटमा जमाल मुसियालाको स्थानमा डेनिज उन्डाभलाई मैदान पठाउने निर्णय गरे, जुन खेलको मुख्य मोड सावित भयो । मैदान छिरेको ८ मिनेटमै अर्थात् ६८ औं मिनेटमा उन्डाभले सानदार गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए । खेल बराबरीमै सकिने निश्चित देखिएका बेला निर्धारित ९० मिनेट पछि थपिएकाे इन्जुरी समयमा फेलिक्स नमेचाको पासमा उन्डाभले नै व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई सनसनीपूर्ण जित दिलाए ।

यसअघि आफ्नो पहिलो खेलमा कुरासाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको जर्मनी अहिले ६ अंकका साथ समूह ‘इ’ को शीर्ष स्थानमा रहेको छ । लगातार दुई विश्वकपमा समूह चरणबाटै घर फर्कनु परेको नमीठो इतिहासलाई मेटाउँदै जर्मनी यसपटक अन्तिम ३२ मा प्रवेश गर्न सफल भएको हो ।
अर्कोतर्फ, पहिलो खेलमा इक्वेडरलाई हराएर ३ अंक जोडेको आइभरी कोस्ट यो हारपछि ३ अंकसहित दोस्रो स्थानमा यथावत् छ। आइभरी कोस्टलाई अघिल्लो चरण प्रवेशका लागि अब आफ्नो अन्तिम खेलमा सकारात्मक नतिजा निकाल्नै पर्ने दबाब छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण