निजामती कर्मचारी विधेयकमा 'बाहेक' थपिएपछि सभामुखले बोलाए राज्य व्यवस्थाका सभापति र सचिव
सारांश
- सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकमा 'बाहेक' थपिएपछि छलफलका लागि बोलाएका छन्।
- सभामुखले राज्य व्यवस्था समितिका सभापति र सचिवलाई छलफलका लागि बोलाएका हुन्।
- विधेयकमा हेरफेर भएको भन्दै धेरै नेताहरूले आपत्ति जनाएका छन्।
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा ‘बाहेक’ थपिएपछि यसबारे सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई बोलाएका छन् ।
सभाबाट पास गरिएको भन्दा फरक शब्द परेको बाहिर आएपछि सभामुख घिमिरेले उनीहरूलाई छलफलका लागि बोलाएको घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार साढे १० बजे छलफलको समय तय भएको छ । नेपाली कांग्रेसकी सांसद एवं राज्य व्यवस्था समितिकी सदस्य सरिता प्रसाईँले सभाले सर्वसम्मत पास गरेको प्रतिवेदन संसदबाट पास हुने बेला हेरफेर भएर आएको भन्ने विषयमा सभामुख घिमिरेलाई भेट्न लागिएको जानकारी दिइन् ।
राज्य व्यवस्था समितिबाट विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास हुँदा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो । प्रतिनिधिसभाबाट पास भएको विधेयकमा हेरफेर गरिएको भन्दै धेरै नेताले आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण