यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित
सारांश
- इन्डोनेसियाको उडानमा एक यात्रुको आईफोन हराएपछि हंगामा मच्चियो, जसले चालक दलमाथि शंका जन्मायो।
- यात्रुले 'फाइन्ड माई आईफोन' प्रयोग गर्दा फोनको संकेत मेलबर्नको एक होटल वरपर देखियो र पछि यारा नदीमा फेला पर्यो।
- घटनापछि चालक दलका सदस्यहरूलाई निलम्बन गरियो र एयरलाइन्सले यात्रुसँग माफी माग्दै सहयोगको प्रतिबद्धता जनायो।
जर्काता । इन्डोनेसियाको गरुड एयरलाइन्सको उडानमा एक जना यात्रुको आईफोन गायब भएपछि हङ्गामा मच्चियो । यात्रु माइकल तजेन्डारा जुन ६ मा जकार्ताबाट मेलबर्न जाँदै थिए ।
आफूले आफ्नो फोन सिट पछाडिको खल्तीमा राखेको तर सिट परिवर्तन गरेपछि फोन खोज्न जाँदा आफूले राखेको ठाउँमा फोन फेला नपरेको उनको भनाइ छ । फोन नभेटेपछि, तजेन्डाराले एप्पलको ‘फाइन्ड माई आईफोन’ फिचर प्रयोग गरे ।
ट्र्याकिङको क्रममा, आईफोनको सिग्नल मेलबर्नको साउथबैंक प्रोमेनेड नजिकै फेला पर्याे । यो मक्र्याेर होटलको धेरै नजिक छ । यो त्यही होटल थियो जहाँ त्यतिबेला उडानका सबै चालक दलका सदस्यहरू बसेका थिए । आईफोनको लोकेशन ट्र्याक गर्ने क्रममा इभान वाकर ब्रिज तिर सिग्नल सर्याे र पछि यारा नदीमा पुग्यो ।
यसको अर्थ फोन होटल वरपर कतै थियो र त्यसपछि नदीमा फ्याँकिएको थियो । यसले शंकाको सुई उडान चालक दलतर्फ मोडियो । यो सम्पूर्ण घटना माइकल तजेन्डाराले इन्स्टाग्राममा विस्तृत रूपमा सेयर गरेका छन् । फाइन्ड माई आईफोनको स्क्रिनसट पनि पोस्ट गर्दै उनले यो केवल फोनको समस्या मात्र नभई यात्रुहरूको सुरक्षाको प्रश्न पनि भएको बताए । उनले मानिसहरूलाई यो स्टोरी शेयर गर्न अनुरोध पनि गरेका थिए ।
मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै त्यो उडानका सबै चालक दलका सदस्यहरूलाई तत्काल प्रभावबाट निलम्बन गरिएको गरुड इन्डोनेसियाका व्यावसायिक प्रमुख एडे आर सुसार्डीले भनेका छन् ।
यस घटनाको सम्पूर्ण सत्यता बाहिर नआएसम्म उनीहरू काममा फर्किन नपाउने उनको भनाइ छ । आफूहरू यात्रुसँग निरन्तर सम्पर्कमा रहेको र उनलाई सम्भावित सबै सहयोग दिएको एयरलाइन्सका प्रवक्ताले भनेका छन् । एयरलाइन्सले घटनाको लागि औपचारिक रूपमा माफी पनि मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण