इटालीमा नेपाली फिल्म 'आँखा'लाई दुई अवार्ड
सारांश
- नेपाली फिल्म 'आँखा' ले इटालीको फेस्टिभलमा दुई विधामा अवार्ड जित्यो।
- फिल्मले उत्कृष्ट ड्रामा र अभिनेत्रीतर्फको अवार्ड जित्न सफल भयो, जसमा स्मिता लामिछानेले अवार्ड पाइन्।
- निर्देशक जोन योन्जनले यो सफलता नेपाली फिल्म क्षेत्रकै लागि भएको बताए।
काठमाडौँ । नेपाली फिल्म 'आँखा' इटालीको अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट फिल्म फेस्टिभलमा दुई विधामा अवार्ड जित्न सफल भएको छ । हरेक वर्ष आयोजना हुने यो फेस्टिभलमा फिल्मले उत्कृष्ट ड्रामा र उत्कृष्ट अभिनेत्रीतर्फको दुई अवार्ड जितेको फिल्मका निर्देशक जोन योन्जनले जानकारी दिए ।
फेष्टिभलको यो २९ औँ संस्करण आयोजना भएको हो । जसको वितरण आगामी सेप्टेम्बरमा हुनेछ । उत्कृष्ट अभिनेत्री विधामा अभिनेत्री स्मिता लामिछाने परेकी हुन् ।
फिल्मले नेपालका केही फेस्टिभलमा पनि अवार्ड जितेको थियो । फिल्मको सार्वजनिक प्रदर्शन प्राकृतिक प्रकोपका समय परेको कारण राम्रो हुन सकेन ।
विजय बराल, स्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, आरके मेहता, पशुपति राई लगायतका कलाकारहरूको अभिनय छ ।
‘यो सफलता हाम्रो टिमको मात्र नभई सम्पूर्ण नेपाली फिल्म क्षेत्रका लागि हो’, निर्देशक योन्जनले भने, ‘नेपाली कथा, अभिनय र सिर्जनाको अन्तर्राष्ट्रिय स्तरमा कदर हुनु गौरवको कुरा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण