पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनरागमन गरेसँगै नेकपा एमालेभित्र एक किसिमको तरङ्ग पैदा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र भण्डारीबिच शक्ति सङ्घर्ष सुरु भएको र त्यसले पार्टीमा भुइँचालो ल्याएको टिप्पणी भइरहेको छ ।
कतिपयले यसलाई गुटगत राजनीतिको उत्कर्षका रूपमा व्याख्या गरेका छन् भने कतिपय यसले छरिएका वामपन्थी शक्तिलाई एक बनाउने आधार तयार पार्ने दाबी गरिरहेका छन् । अध्यक्ष ओलीले ‘म झोले हुँ’ भन्दै कार्यकर्ताको भावना जित्न खोज्नु र त्यसको केही समयपछि पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले एमालेको आन्तरिक शक्ति सन्तुलनमा नयाँ आयाम थपेको छ ।
यही तरलताका बिच एमालेको आन्तरिक जीवन, सरकारको भूमिका र आगामी राजनीतिक दिशाबारे एमाले स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश– (पूरा भिडियोमा)
यो तुलना आवश्यक नै छैन । यो समय सान्दर्भिक पनि होइन । केपी ओली समकालीन राजनीतिको एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँ जननेता मदन भण्डारीको समकालीन, अझ उहाँभन्दा एक वर्ष जेठो । भूमिगतकालदेखि नै पार्टी निर्माणमा होमिनुभएको नेता हो । उहाँले सङ्कटका वेला, अप्ठ्यारा परिस्थितिमा पार्टी र देशको नेतृत्व गरेर आउनुभएको छ । उहाँको क्षमता र योगदान अतुलनीय छ ।
_e7Z9XoYuYE.jpg)
सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति मेरो अत्यन्तै सम्मान छ । हामी समकालीन पनि हौँ । पृथ्वीनारायण क्याम्पसमा म स्ववियु सभापति हुँदा उहाँ महेन्द्र मोरङ क्याम्पसमा कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँले पनि पार्टी र देशका लागि ठुलो योगदान गर्नुभएको छ । राष्ट्रिय राजनीतिमा उहाँको आफ्नै उचाइ र भूमिका छ । त्यसैले उहाँहरूबिच तुलना गर्नुपर्ने माग न उहाँहरूको छ, न हाम्रो छ । यो विषयमा अनावश्यक तरङ्ग ल्याउन खोजिएको मात्र हो ।
म विद्या भण्डारीको पनि हो, केपी ओलीको पनि हो ।
भूकम्प आएको छ र ? मैले त महसुस गरेको छैन । बाहिर हल्ला चलाइएजस्तो केही भएको छैन । एमाले यस्ता हजारौँ तरङ्ग पार गरेर आएको पार्टी हो । उहाँले सक्रिय राजनीति गर्छु भन्ने इच्छा प्रकट गर्नुभयो, त्यो स्वाभाविक हो, तर यसलाई कसैले बेमौसमको बाजा बजाउन खोज्दै छन् । एमालेभित्र धुवाँ छुटाइरहने, आगो फुकिरहने प्रयास भइरहेको छ ।
हो, वरिष्ठ उपाध्यक्ष कमरेड जसरी प्रकट हुनुभयो, त्यसको शैली र स्वरले केही तरङ्गजस्तो देखिएको होला ।
हामी एमालेका कार्यकर्ता गैँडाको छालाजस्तै भइसकेका छौँ । यस्ता समस्या र सङ्कट नआए त हामीले कामै पाउँदैनौँ जस्तो भइसक्यो । यो सामान्य विषय हो । ठुलो बनाउन आवश्यक छैन ।
यसमा केही भ्रम र गलत व्याख्या भएको छ । म आफैँ विधानलाई अन्तिम सम्पादन गर्ने तीन सदस्यीय कमिटी (खगराज अधिकारी, विष्णु पौडेल र रमेश बडाल) मध्ये एक थिएँ । दुई कार्यकालको प्रावधान विधान महाधिवेशनले पारित गरेको हो, तर चितवनमा भएको पार्टीको दशौँ महाधिवेशनमा व्यावहारिक कठिनाइ उत्पन्न भएपछि सर्वसम्मत हटाइएको हो । उदाहरणका लागि, पुष्प कँडेललाई अनुशासन आयोगको अध्यक्षमा तेस्रो पटक पनि ल्याउनुपर्ने अवस्था आयो । यो कुनै षड्यन्त्र वा जालझेल थिएन । यो महाधिवेशनको हलले गरेको सर्वसम्मत निर्णय थियो । कसैले सम्पादनमा तलमाथि गर्यो भन्नु इमानदारिता होइन ।
_mMwUTN5yQS.jpg)
त्यो पनि हाम्रो मौलिक व्यवस्था थिएन । साइप्रसको कम्युनिस्ट पार्टीको मोडेल हेरेर युवालाई अवसर दिनुपर्छ भन्ने सोचले ल्याइएको थियो, तर यसले बामदेव गौतमजस्ता नेताहरूलाई पार्टीमा ल्याउन बाधा गर्यो । त्यसपछि केन्द्रीय कमिटीले सर्वसम्मतरूपमा यो प्रावधान हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
यो कुनै व्यक्तिलाई हेरेर होइन, पार्टी एकता र परिस्थितिको आवश्यकताले गरिएको निर्णय हो । अहिले भन्ने साथीहरू पनि त्यहीँ हुनुहुन्थ्यो ।
यो विषयमा उपयुक्त फोरममा छलफल होला । अहिले नै यसलाई मुद्दा बनाउनुको अर्थ छैन ।
यो केही हदसम्म देखिएको अराजकता हो । केपी ओली र विद्या भण्डारीको गुट भनेर गरिएको प्रचार गलत छ । नेताहरूले आफ्नो स्वार्थअनुसार कसैको नाम जोडेर फाइदा लिने प्रयास गरेका होलान् । जस्तो, गण्डकी प्रदेश अधिवेशनमा मेरो र पृथ्वीसुब्बा गुरुङबिच कुनै प्रतिस्पर्धा वा कटुता थिएन, तर बाहिर त्यस्तो भाष्य निर्माण गरियो ।
_MNv9vtTsvZ.jpg)
यो त झनै ठुलो गफ हो । यदि त्यसो हो भने म एउटा ग्यारेन्टी खोज्न चाहन्छु । यदि विद्या भण्डारी एमालेको अध्यक्ष हुनुभयो भने माधव नेपालको पार्टी, माओवादी वा अन्य वामपन्थी दलले ‘हामी निःशर्त पार्टी एकता गर्छौँ, आफ्नो पार्टी विघटन गर्छौँ भनेर घोषणा गर्न सक्छन् ? केपी र विद्याको सामान्य विषयलाई देखाएर वाम एकताको हौवा पिटाउनुको कुनै अर्थ छैन । यो सम्भव छैन ।
संयुक्त सरकारमा यस्तै हुन्छ । न हाम्रो मात्रै चल्छ, न कांग्रेसको मात्रै चल्छ । कांग्रेस ठुलो पार्टी भएकाले उसको प्रभाव देखिनु स्वाभाविक हो, तर हामीले पनि आफ्नो अडान राखेका छौँ ।
एमालेका केही मानिसमा देखिएको निष्क्रियता र नकारात्मक भावले यस्तो देखिएको हो । सारा शक्ति एमालेविरुद्ध केन्द्रित छन् । सामाजिक सञ्जाल र केही मिडियाले भ्रम फैलाइरहेका छन्, तर एमालेका कार्यकर्ताले यी भ्रमलाई चिर्न सक्नुपर्छ । ओइलाएको सागजस्तो भएर बस्ने अनि अरूले फैलाएको भ्रममा पर्ने हो भने त ओरालो लागेजस्तो देखिन्छ नि ।
हामीले मुर्झाएका सपनालाई साकार पारेका छौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गर्ने काम केपी ओलीकै नेतृत्वमा भयो । नाकाबन्दीको अन्त्य, पेट्रोलियम पदार्थको अन्वेषण, पूर्व–पश्चिम राजमार्गको विस्तार, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, ढलेको धरहरा उठाउने काम, रानीपोखरीको पुनर्निर्माणजस्ता अनगिन्ती काम हामीले गरेका छौँ । हामीले हाम्रा कामको सशक्त ढङ्गले डिफेन्स गर्न सक्नुपर्छ ।
हो, मैले उहाँलाई राष्ट्रपति नबन्न विनम्रतापूर्वक आग्रह गरेको थिएँ । प्रधानमन्त्री कार्यालयमा उहाँ र ममात्रै भएको बेला मैले भनेको थिएँ । यो पदमा गएपछि फेरि सक्रिय राजनीतिमा फर्किने ठाउँ हुन्न । भोलि आन्दोलनलाई तपाईंको आवश्यकता पर्नसक्छ । यो मेरो नितान्त व्यक्तिगत र सद्भावपूर्ण सुझाव थियो । उहाँले मलाई सोध्नुभयो र मैले आफ्नो मनको कुरा राखेँ ।
अहिले उहाँ सक्रिय राजनीतिमा फर्कने इच्छा राख्नुभएको छ । यो उहाँको व्यक्तिगत चाहना हो, तर यसले केही सैद्धान्तिक प्रश्न जन्माएको छ । राष्ट्रपतिजस्तो सम्मानित र साझा पदमा बसेको व्यक्ति फेरि दलीय राजनीतिमा फर्कंदा त्यसले कस्तो नजिर बसाल्छ भन्ने विषयमा हामीले छलफल गर्नैपर्छ । हाम्रो जस्तो संसदीय प्रणाली भएका देशहरूमा यस्तो अभ्यास कस्तो छ ? त्यो पनि हेर्नुपर्छ । जर्मनी, बेलायत, भारतजस्ता देशहरूमा पूर्वराष्ट्रपति वा राष्ट्रप्रमुखहरू यसरी सक्रिय दलीय राजनीतिमा फर्किएको अभ्यास छैन । यो नयाँ परिस्थिति हो र यसलाई हामीले विधान महाधिवेशनमा एउटा सैद्धान्तिक बहसमा लगेर टुङ्ग्याउनुपर्छ ।
_SY48fU4DQY.jpg)
जननेता मदन भण्डारीको विचार, अर्थात् जनताको बहुदलीय जनवाद, कुनै एक व्यक्तिको मात्रै उपज होइन । यो सामूहिक छलफल र बहसमा आधारित भएर निर्माण भएको हो । त्यसमा केपी ओली, माधव नेपाल, झलनाथ खनाल र हामीजस्ता धेरै नेताहरूको योगदान छ, तर मदन भण्डारीको निधनपछि त्यस विचारलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अगाडि बढाउने र पार्टीको लोकतान्त्रीकरण गर्ने कामको नेतृत्व केपी ओलीले नै गर्नुभएको हो ।
मदन भण्डारीको विचारको प्रमुख अनुयायी र व्याख्याता केपी ओली हो । चौथो महाधिवेशन सङ्कटमा पर्दा होस् वा पार्टीलाई आधुनिक र लोकतान्त्रिक बनाउने कार्यनीति निर्माण गर्दा होस् । केपी ओली कै भूमिका निर्णायक छ । अरू हामी सबै सहयोगी हौँ । अहिले पनि पार्टीको विचार र संगठनको नेतृत्व उहाँले नै गरिरहनु भएको छ ।
हुँदै हुँदैन । यो कुरा ग्यारेन्टीका साथ भन्न सक्छु । अहिले केही कुरा आएर धुवाँ उठेको होला ? कतिपयलाई चिन्ता पनि भयो होला ? विरोधीहरू खुसी पनि भए होलान्, तर यो केही हुनेवाला छैन ।
जबसम्म केपी ओलीले सक्रिय राजनीति गर्छु र नेतृत्व गर्छु भन्ने इच्छा राख्नुहुन्छ, अध्यक्ष उहाँ नै हो । विद्या भण्डारीको पूर्ण समर्थन उहाँलाई नै हुन्छ ।
प्रतिक्रिया